बाबुछोरा रक्सीले माते, आँसीले हान्दा छोराको मृत्यु
समाधान संवाददाता
२०८१ असोज १९ गते १६:१६

लमजुङ
मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई आँसी प्रहार गर्दा लमजुङको मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको थियो।
५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको आँसीले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर उनको मृत्यु भएको हो।
अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुर्याउन सकिएको भए उनको ज्यान जोगिनसक्ने तामाङका छिमेकीले बताएका छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा शनिबार बिहान मृत्यु भएको हो।
सम्बन्धित
२









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया