काठमाडौंबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु

समाधान संवाददाता २०८१ असोज १९ गते १७:३२

पोखरा ।

Advertisement

काठमाडौंबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । लमजुङको सुपर दोर्दी ‘ख’ हाइड्रोपावरको गाडी शनिबार दिउँसो नुवाकोटमा दुर्घटना परेको हो ।

बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Advertisement

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Advertisement

तपाईको प्रतिक्रिया