गिरी डहरमा अतिक्रमित सडक खोलियो

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रको संरचना हटाएको हो ।
गिरी डहरमा २०३२ सालको नापी नक्सामा समेत छुट्टिएको बाटो व्यक्तिले अतिक्रमण गरी आवतजावत अवरोध गर्नुका साथै घरको कम्पाउन्ड निर्माण गरेका थिए । जसका कारण बाटो अतिक्रमणमा परेको थियो भने, बाटोको भागमा पर्खाल निर्माण गरिएको थियो । नक्सामा बाटो रहेको, सहज निकास र दमकल तथा एम्बुलेन्स समेत छिर्न नसक्ने अवस्था रहेपछि नियमानुसार बाटो मिचेर निर्माण गरिएको संरचना हटाउन निर्देशन गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।
सम्बन्धित पक्षलाई पोखरा महानगरपालिकाले पटक पटक अतिक्रमित संरचना आफै हटाउन आग्रह गरेकामा अटेर गरेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा महानगरिय प्रहरी बलले सो संरचना आफै हटाइदिएको हो । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार बाटोको विषयमा पटक पटक छलफल गरिएको र, संरचना हटाउन आग्रह गरिएकामा अटेर भएपछि बाध्य भएर नगरपालिका आफैले हटाउनु परेको हो ।
गिरी डहर बाटो निर्माण उपभोक्ता समितिले समेत बाटो अतिक्रमण गरी संरचना निर्माण भएका कारण बाटो निर्माण गर्न नसकिएको बताउँदै आएको थियो । गिरी डहरको करिब २ सय मिटर बाटोको अतिक्रमण हटेपछि अव बाटो बनाउन सहज हुने उक्त समितिले बताएको छ ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया