ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान गर्न माग

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक सङ्गठन (बिगेसो) ले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएको समस्या समाधान गर्न माग गरेको छ ।
सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेको हो । २० महिना अघि सर्वोच्च अदालतले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरह समान सेवा सुविधा दिलाउन नेपाल सरकारले पहल तथा कार्यान्वयन गर्न आदेश दिएको थियो । सङ्गठनका अध्यक्ष पदमसुन्दर लिम्बूले आफूहरुले अदालतको आदेश कार्यान्वयनका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । उहाँले यो विषय देशको राष्ट्रिय स्वाधीनता र मानव अधिकारसँग सम्बन्धित भएको उल्लेख गर्नुभयो ।
सङ्गठनका प्रमुख सल्लाहकार परी थापाले भन्नुभयो, “हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोग समक्ष पनि अदालतको आदेश तथा सैनिकहरुको समस्याबारे जानकारी दिइसकेका छौँ ।” अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशीहरुले नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच राख्नु गलत हुने बताउँदै भन्नुभयो, “नेपालको सर्वोच्च अदालतले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौँ ।” रासस






सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया