मेरो नेपाल युवा क्लबकाे फुटबल प्रतियोगिता: तेस्रो दिन प्रि क्वाटरका २ सहित ८ खेल

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा सुरु भएको छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिताको तेस्रो दिन सोमबार ८ खेल भएका छन् ।
सोमबार साँझ नै प्रि क्वाटर फाइनल २ खेल भए । पहिलो खेलमा एट टु नाइन बाँझापाटन र मेरो नेपाल सिबिच प्रतिस्पर्धा भएको थियो । एट टु नाइन बाँझापाटनले ४–० जित हात पारेको छ ।
प्रि क्वाटरको दोस्रो खेलमा मेरो नेपाल बि र भी१४ बिच प्रतिस्पर्धा भएको थियो । मेरो नेपालले ३–०ले जितेको प्रतियोगिताका प्रचारप्रचार सदस्य रोशन रानाभाटले जानकारी दिए ।
त्यसअघि सोमबार भएको पहिलो खेलमा एट टु नाइन बाँझापाटन र जनएकता चाउथेबिच प्रतिस्पर्धा भएको थियो । ट्राइवेकमा एट टु नाइन बाझापाटनले जित हात परेको छ । दोस्रो खेल मेरो नेपाल युवा क्लब ए र रुपा एफसीबिच प्रतिस्पर्धा भएको थियो । मेरो नेपाल युवा क्बलले २—० जितेको छ ।
तेस्रो खेला मालेपाटन एकेडेमी र बोन एफसीबिच प्रतिस्पर्धा भएको थियो । यो खेलमा बोन एफसी उपस्थित नभएपछि मालेपाटन एकेडेमीलाई विजयी घोषणा गरिएको हो । यस्तै, चौंथो केयान्बी रामघाट र मसिना एफसीबिच प्रतिस्पर्धा भएको थियो । केयान्बीले मसिना एफसीलाई ५–०ले पराजित गरेको हो ।
सोमबार भएको पाँचौं खेलमा चाउँथे एफसी र मार्सल एफसीबिच प्रतिस्पर्धा भएको थियो । टाइब्रेककमा चाउँथे एफसीले जितको छ । छँटौं कसेरी टोल ०१ र आकेटी बीबिच प्रतिस्पर्धा भएको थियो । कसेरीले २—०ले जितेको छ । क्लबले सोमबार राष्ट्रिय खेलाडी दीप कार्की र सुमित श्रेष्ठलाई सम्मान गरेको प्रचारप्रचार संयोजक पृथ्वी कुँवरले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ । द्वितिय पुरस्कार १ लाख १ हजार एक सय ११ छ । प्रतियोगितामा हाई स्कोररलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिएका छन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया