रोकि राखेको स्कुटरमा कारको ठक्कर, अपांगता भएका छन्त्याल गम्भीर घाइते
समाधान संवाददाता
२०८१ असोज २२ गते ३:५७

पोखरा । गोरखाबाट पोखरा आउँदै गरेको कारको ठक्करबाट तालचोकमा १ जना घाइते भएका छन् ।
सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नं.२७ धर्मकाटास्थित पृथ्वीराजमार्ग सडक खण्डमा गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नं. को कारले सडक छेउमा रोकेको ग२४ प ७४०२ नं. को ३ पाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटर चालक (फरक क्षमता भएका, खुट्टा टेक्न नसक्ने) २७ तालचोक बस्ने बर्ष ५६ को रामबहादुर छन्त्याल घाइते भएका छन् । उनको गम्भीर अवस्थामा फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।
कार र कार चालक जिल्ला गोरखा गोखरा नगरपालिका ११ एघारकिलो बस्ने २५ वर्षे सरोज कुमाललाई इप्रका शिसुवाको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया