सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई

पोखरा । सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले दुवैलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी भण्डारी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्य हुन् ।
यस्तै २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षा यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष हुन् ।
पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि २५ हजार १ सय १ रुपैयाँ र सम्मानपत्र छ ।
यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो । जिसी सञ्चारिका समूह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन् ।

सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया