रिचमण्ड फेलोसिप पोखराले इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता गर्ने

पोखरा । लागु पदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले सोबर हाउस इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । कात्तिक १ र २ गते, माछापोखरी खेलकुद मैदान, संगम टोल, पोखरा-१३ मा हुने प्रतियोगिताको प्रथम पुरस्कार च्याङ्ग्रा, सिल्ड र प्रमाण-पत्र र दोस्रो पुरस्कार खसी सिल्ड र प्रमाण-पत्र हुनेछ।
“लागु पदार्थ होइन, स्वास्थ्यमा ध्यान दिउँ भन्ने मुल नारालाई आत्मसात गर्दै लागु / मादक पदार्थ उपचार केन्द्रमा रहेका उपचारार्थी, स्वयम् सेवक र कर्मचारी सम्पूर्णलाई फुटबल खेलमा प्रोत्साहन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको रिचमण्ड फेलोसिपका प्रदीप बस्नेतले बताए ।
स्वस्थ्य शरीरले नै स्वस्थ्य मासिकता बनाउँने भएकाले खेलकुदमा अग्रसर हुन प्रेरित गर्ने हेतुले पोखरा भित्र रहेका लागु औषध उपचार केन्द्रहरुमा भएका फुटबल खेल प्रेमीहरुमाझ प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा पोखरा भित्र रहेका १२ वटा लागु औषध उपचार केन्द्रहरुले सहभागिता जनाउने छन् । यस प्रतियोगिताले उपचार केन्द्रमा रहेका सम्पूर्ण जो नशारहित रहने प्रक्रियामा रहेकाहरुको लागि शरीर र मस्तिष्कको सन्तुलन कायम राख्न मद्दत गर्नेछ, जसले गर्दा वहाँहरुको जीवन स्वस्थ र आनन्दित हुनेछ ।
विगत वि.सं. २०५५ सालदेखि लागु पदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले हालको समयमा लागु औषध र मादक पदार्थ सम्बन्धी परामर्श र उपचार केन्द्र चलाइरहेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया