उपसचिव ५१० र सहसचिव १५० पदमा लोक सेवाले आवेदन माग्यो

समाधान संवाददाता २०८१ कार्तिक १ गते ९:१५

पोखरा । लोक सेवा आयोगले एकै पटक राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ । बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो । आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिइन् ।

Advertisement

निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदमा आवदेन खुला गरेको हो ।

२०८१ मंसिर ४ गतेसम्म दरखास्त दिन सूचनामार्फत सूचित गरिएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी समायोजन हुनुपूर्व वाहल रहेको सेवा/समूह/ उपसमूहको एक श्रेणी वा माथिको पदमा बढुवाका लागि सम्भाव्य उमेदवार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

आयोगले हरेक वर्ष असोजको अन्तिम साता सहसचिव र उपसचिवको विज्ञापन खुला गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया