मसिनामा सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता हुँदै

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ चेतमान स्मृति खेल मैदानमा सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुने भएको छ । नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलको संयुक्त आयोजनामा दोस्रो पटक कात्तिक ९ गतेदेखि फुटबल प्रतियोगिता हुन लागेको खेल संयोजक मनोज न्यौपानेले जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि ७ हजार ५ सय रूपैया शुल्क लाग्नेछ । कम्तिमा ५० टिम दर्ता हुने आयोजक कमिटीको अनुमान छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ रहेको प्रतिष्ठानका महासचिव उदयराज आचार्यले जानकारी दिए । नगद पुरस्कारका साथमा खेलाडीले प्रमाणपत्र, ट्रफी र सटिफिकेट प्राप्त गर्नेछन् । यो प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रलाई बाध्ने र युवाहरुलाई खेलक्षेत्रमा आकर्षण बढाउने महासचिव आचार्यले बताए । खेलले युवामा समाजप्रतिको उत्तरदायित्व बढाउने उनको विश्वास छ ।
प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ५ हजार र टप स्कोर ल्याउनेलाई ५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष नेत्रबहादुर तिमिल्सिनाले जानकारी दिए । त्यस्तै प्रतिष्ठानले दुई वटा सरप्राइज अवार्ड पनि राखेको छ । यी दुई सरप्राइज अर्वाड प्राप्त गर्नेलाई प्रति ५ हजार रूपैयाँले सम्मान गरिने जनाइएको छ ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)कै रेर्फी हुने र प्रतियोगिता भरी लामाचौर फुटसलले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ । मसिना फुटबल क्लबबाटै त्रिदेव गुरुङ राष्ट्रिय खेलाडी बनेका थिए । पूर्व राष्ट्रिय खेलाडी गुरुङकै फोटो राखेर प्रतिष्ठानले अहिले प्रतियोगिताको प्रचार गरेको छ । गुरुङ अहिले अष्ट्रेलियामा छन् ।
तपाईको प्रतिक्रिया