महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन

समाधान संवाददाता २०८१ कार्तिक १ गते १५:५१

पोखरा । निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

आयोगको यही असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ ।

‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

आयोगले यसअघि नै उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया