भाइटीकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

पोखरा। पोखरामा क्रियाशील त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटीकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ ।
‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने ।
उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए ।
‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’
सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया