बार अध्यक्षसँग ७ दिनभित्र लिखित जवाफ माग

काठमाडौं। सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै म्याद सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेस गर्नु ।”
नेपाल बार एशोसिएशनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी घिमिरले अदालतको अवहेलनासम्बन्धी पेश गरेको प्रतिवेदन फिर्ता लिने घोषणा गर्नुभएको थियो । तर आज उक्त प्रतिवेदनमाथि सुनुवाइ हुँदै उक्त आदेश जारी भएको हो । रासस






वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया