सहकारी ठगी प्रकरण

आजै पक्राउ पर्न सक्छन् रवि लामिछाने

समाधान संवाददाता २०८१ कार्तिक २ गते १२:१६

पोखरा ।

सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजै पक्राउ पर्न सक्छन् । पोखराको सूर्य दर्शन लगायत देशभरका आधा दर्जन सहकारी ठगीका मुख्य नाइके जीबी राईका व्यवसायिक साझेदारका रुपमा आरोपित लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी जारी गर्ने तयारी गरेको श्रोतले बताएको छ ।

लामिछाने विरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । लामिछानेसँगै राईका व्यवसायिक साँझेदार रहेका छविलाल बन्जाडे दशै अगावै पक्राउ परेका हुन् । लामिछानेलाई पनि त्यही बेला नै पक्राउ गरिने हल्ला चलेकोमा रास्वपाका कार्यकर्ताले चर्को विरोध गरेपछि प्रहरी पछि हटेको थियो ।

Advertisement

सहकारीको रकम गोर्खा मिडिया नेट वर्कमा दुरुपयोग गरेको अभियोगमा नै पूर्व डिआइजीसमेत रहेका छविलाल पक्राउ परेपछि रवि पनि पक्राउ पर्ने प्राय निश्चित नै थियो । तर प्रतिनिधि सभाको निर्वाचित सांसदसमेत रहेका लामिछानेलाई दशै पनि मान्न नदिएर समाउदा गलत संदेश जान सक्ने आँकलन गरेर गृह प्रशासनपछि हटेको श्रोतको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार राखेको तीन ठूला दलको बैठकमा रवि लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको अभिव्यक्ती नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएकाले सरकार त्यस दिशामा अघि बढेको पुष्टी गर्छ । रास्वपाका अधिकांश नेताहरु पनि सभापति पक्राउ पर्ने कुरामा आश्वस्त देखिन्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया