सहकारी ठगी र संगठित अपराध प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनीमाथि सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान हुनेछ ।
लामिछानेलाई आजै गाडीबाट पोखरा ल्याइने भएको छ ।
पक्राउ पर्नु अघि उनले पार्टी मुख्यालयमा छोटो सम्बोधन गरेका थिए । अदालतबाट आफूलाई आश लागेको र अपराध नगर्दा पनि राज्य शक्तिको प्रयोग गरेको र राज्यको दादागिरीविरुद्ध डटेर लड्न उनले आग्रह सम्त गरे ।
जिल्ला अदालत कास्कीले अनुमति प्रदान गरेपछि प्रहरीले उनलाई काठमाडौैंबाट साँझ पक्राउ गरेको हो । सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया प्रालिमा गएको र सो रकम लामिछाने समेतको संलग्नतामा अपचन गरेको अनुसन्धानबाट खुलेको छ ।
गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राई फरार छन् भने अर्का सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया