छविलाल जोशीमाथि अनुसन्धान गर्न फेरि २० दिनको म्याद थप
समाधान संवाददाता
२०८१ कार्तिक २ गते १७:४३

पोखरा । नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई थप समय थुनामा राखेर सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न कास्की प्रहरीले कास्की अदालतबाट थप २० दिनको अनुमति लिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोशी मुछिएका छन् । उनलाई असोज ६ गते पक्रेर पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
पहिलोपटक असोज ७ गते ५ दिन थुनामा राख्ने अनुमति अदालतले प्रहरीलाई दिएको थियो । दोस्रोपटक ७ दिनको म्याद थियो । लगत्तै दसैं विदा परेकाले अदालत विदा हुँदा जोशी हिरासतमै रहे । अदालत खुलेपछि विदाको बेलाको समेत गरी २० दिनको म्याद शुक्रबार प्रहरीले जोशीलाई थुन्न पाएको छ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया