रवि लामिछानेलाई पोखरा ल्याइयो, गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखियो

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई शनिबार बिहानपख पोखरा ल्याइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।
उनलाई राति गाडीबाट पोखरा ल्याइएको थियो । पोखरा ल्याइएका लामिछानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । त्यसपछि करिब पौने ३ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो ।
लामिछानेलाई पोखरा ल्याउनु अघि नै पार्टीका पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय अगाडि पुगिसकेका थिए । अर्का उपाध्यक्ष उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए ।
प्रहरी कार्यालय अघि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसो त उनका समर्थकहरु राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी समेत गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा अध्यक्ष जिबी राईले लैजाने र त्यो रकम अपचलनमा रविको संलग्नता रहेको संसदीय छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया