हरिहर गुफा सन्यास आश्रममा लायन्स भद्रकालीको सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीले पोखराको भलामस्थित हरिहर गुफा सन्यास आश्रममा शनिबार खाद्यान्न सहयोग गरेको छ । क्लबका प्रथम उपाध्यक्ष कृष्णप्रसाद ढकालको अग्रसरतामा उक्त कार्यक्रम भएको हो ।
आश्रमका लागि चामल, दाल, नुन, चिनी, तेल, बिस्कुट लगायत सामग्री उक्त अवसरमा हस्तान्तरण गरिएको क्लब अध्यक्ष रवीबहादुर विकले बताए ।
उक्त अवसरमा क्लब अध्यक्ष विक, पूर्व अध्यक्ष वसन्तराज सिग्देल, कार्यक्रम संयोजक कृष्णप्रसाद ढकाल आश्रमका तर्फबाट श्री १०८ इशानानन्द गुरुजी महाराजले बोलेका थिए । क्लबले आवश्यकताका आधारमा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले वार्षिक रुपमा योजना नै बनाएर आश्रमलाई सहयोग गरेकामा गुरुजी महाराजले धन्यवाद् व्यक्त गरे ।
उक्त अवसरमा पूर्व अध्यक्षहरु बुद्धिराज बराल, संयुक्त धाख्वा, कृष्णप्रसाद शर्मा तिम्सिना, निवर्तमान अध्यक्ष धनेन्द्र गुरुङ समेतको सहभागिता रहेको सचिव गुणाखर अर्यालले जानकारी दिए । साथै आश्रम सञ्चालक समितिका पदाधिकारीहरु समेत उक्त अवसरमा सहभागी थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया