सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

समाधान संवाददाता २०८१ कार्तिक ३ गते १९:४७

पोखरा । सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त थियो ।

Advertisement

सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् । समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिए । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन् । प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए । तास्मेनिया ज्ञानेन्द्र गौतम, पर्थ कोर्डिनेटर सुवास श्रेष्ठ, भिकटेारिया सज्जन शर्मा, क्विनलाइन  रेामन शाही चयन भए ।

नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाए । सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्ट्रेलिया एक हो ।

सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ । फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी सञ्चालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया