रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज आइतबार जिल्ला अदालत कास्की लगिने भएको छ । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनी शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइपुर्याइएको थियो ।
शनिबार बिदा परकाले आज उनलाई अदालतमा उपस्थित गराइने छ । शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । सबैजसो नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।
आज रविलाई अदालत लैजाने समयमा समर्थक र सहकारी पीडितहरु अलगअलग प्रदर्शनको तयारीमा छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार बिहान सर्बदलीय बैठक डाकेर प्रदर्शनका बेला संयमित हुन र भीडभाड नगरिदिन आग्रह गरेका थिए । प्रजिअ भरतमणी पाण्डेले सहकारी पिडितसँग भिन्दै बैठक गरेका थिए । वृहत आन्दोलनको तयारी भए
पनि प्रजिअको आग्रह अनुसार आफूहरु संयमित भएको सहरकारी पिडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताएका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की प्रशासनले आजका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ ।
गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया