जलनको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

समाधान संवाददाता २०८१ कार्तिक ४ गते ८:१४

पोखरा । सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले शुक्रबार बसेको मन्त्रीपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिँदै चालु आर्थिक वर्ष २०८१र८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने बताए ।

Advertisement

कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलनको उपचार निःशुल्क हुने भएको छ ।

जलनको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले असोज ३० गते मन्त्रीपरिषदमा लगेका थिए । जलनका बिरामीको उपचार निःशुल्क गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयले बनाएको कार्यविधिमा जलनका बिरामीको निःशुल्क उपचार जिल्ला तहका अस्पतालबाट गर्ने उल्लेख छ । कार्यविधि अनुसार जटिल खालको बिरामीका लागि पाँच लाखसम्म उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले जलनका बिरामीको प्राथमिक उपचार जिल्ला तहका अस्पतालमा हुने, त्यसका लागि आवश्यक जनशक्ति र उपकरण सरकारले दिने मन्त्रालयको योजना रहेको छ । जिल्ला तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा जलनका बिरामीको उपचार हुने व्यवस्था मिलाइएको छ । हाल केन्द्रीय स्तरमा कीर्तिपुर, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा जलनको उपचार हुने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया