निषेधित क्षेत्रबाट प्रदर्शनकारी धपाउन पानीको फोहोरा र अश्रुग्यास, प्रदर्शनकारी घाइते

समाधान संवाददाता २०८१ कार्तिक ४ गते १४:१६

पोखरा ।
पोखरामा आइतबार रास्वपाले गरेको प्रदर्शनमा पानीको फोहोराले लागेर रास्वपाका कार्यकर्ता घाइते भएका छन् । निषेधित क्षेत्रमा गइ प्रदर्शन गरिरहेका कार्यकर्ता माथि प्रहरीले पानीको फोका र अश्रुग्यास प्रहार गरेको थियो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशासन क्षेत्र वरिपरी, कास्की जिल्ला अदालत, सहिदचोक आसपास लगायतका क्षेत्र निषेधित तोकेको थियो ।

रास्वपाले निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको छ । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

रवि लामिछानेलाई भने अहिले जिल्ला अदालत लगिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया