कात्तिक १०मा एमालेको चियापान

समाधान संवाददाता २०८१ कार्तिक ४ गते १६:५९

पोखरा ।
विजया दशमी, दीपावली, छठ, नेपाल सम्बत ११४५ लगायतको चाडपर्वको सन्दर्भ पारेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्न लागेको छ ।

Advertisement

कमिटीको शनिबार बसेको पाँचौ विस्तारित बैठकले यहि कात्तिक १० गते पोखरा सभागृहको परिसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।


मनसनु जन्य प्रकोप बाढी पहिरो, डुबानका कारण भएको धनजनको क्षतिले मुलुक शोकमा परेको कारण गत असोज १७ गते गर्न लागेको कार्यक्रम एमाले कास्कीले स्थगित गरिएको थियो । बैठकले दिपावलीको सन्दर्भमा देउसीभैलो कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमाले सामुहिक र संस्थागत निर्णयको आधारमा चल्ने पार्टी भएको दाबी गरे । पार्टीको सचिवालयको बैठकले सर्वसम्मत निर्णय गरेर केन्द्रीय कार्यालयको भवन निर्माण गर्न लागेको जानकारी दिए ।


‘एमाले सबैको सहयोगमा चलाएको पार्टी हो । पार्टी पारदर्शी ढंगले चल्छ । केही नलुकाएर सबै विषय सार्वजनिक गर्छाैं,’ उनले भने, ‘पार्टीभित्रका साथीहरु भावनामा बगेर प्रतिक्रिया दिन मिल्दैन । हिरोइजम बनेर अराजक बन्ने छुट कसैलाई छैन ।’ उनले भवन बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग कुनै सौदाबाजी तथा लेनदेन नभएको बताए ।

Advertisement


उनले सहकारीले सेयर सदस्य भन्दा वाहिर ऋण लगानी गर्न नपाइने जानकारी दिए । सेयर सदस्य भन्दा बाहिर लगानी गरेर बदमासी गर्नेले सहकारी डुवाएको दाबी गरे । उनले सहकारी पीडितको पक्षमा सबै बोल्न पर्ने बताए । कार्यक्रममा एमाले जिल्ला कमिटी कास्कीका उपसचिवहरु सन्तु सुवेदी र लालबहादुर परियारले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाको बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया