मलेसियामा आप्रवासी श्रमिकको पारिश्रमिक बढ्यो

काठमाडौं। मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाउने घोषणा मलेसिया सरकारले गरेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार पाँच सय रिङ्गेट रहेको छ । दूतावासका अनुसार मलेसियाले सन् २०२५ बाट लागु गर्ने गरी वृद्धि गरेको एक हजार सात सय रिङ्गेट आधारभूत तलब विदेशी श्रमिकका हकमा पनि लागु हुने जनाइएको छ ।
नीति क्षेत्रमा काम गर्ने विदेशी श्रमिक पनि सन् २०२५ को फेब्रुवरीदेखि लागु हुने नयाँ तलबको हकदार भएको त्यहाँको राष्ट्रिय ज्याला निर्धारण समितिको सचिवालयबाट प्राप्त भएको दूतावासले जनाएको छ । त्यसो त मलेसिया सरकारले ज्यालामा भेदभाव गर्न नपाइने अभिसन्धि नं १०० लाई सन् १९९७ मा नै पारित गरिसकेको छ ।
दूतावासका अनुसार यस्तै पाँच जनाभन्दा कम श्रमिक रहेका उद्योग तथा कम्पनीले वृद्धि भएको न्यूनतम पारिश्रमिक छ महिनापछि अर्थात् २०२५ अगस्टदेखि लागु गर्नुपर्ने जनाइएको छ ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया