कास्कीको शरण परेका पृथ्वीनारायण शाहका भाइ

इतिहासमा अनेक घटना परिघटनाले इतिहास हुँदोरहेछ । कति विभत्स, कति रोमान्टिक, कति हाँस्य, कति शान्त, कति वीररस र कारुणिक रसप्रधान गर्ने खालका घटनाले इतिहासलाई बन्दोरहेछ । नेपाल एकीकरणका बेलामा २२ से २४ से ताकाका इतिहास अपत्यारिला र कहालीलाग्दा छन् ।
यसै सन्दर्भमा पृथ्वीनारायण शाहले नेपालको एकीकरण पश्चिमबाट सुरु गर्ने सुरले १ हजार सैनिकको साथ केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा पठाएका रहेछन् । त्यसका लागि उनले ज्योतिषको सल्लाह पनि लिएका थिए । सतहुँ राज्यबाट टेकेर पर्वत नुवाकोट, ढोर, भीरकोट, पर्वत सफाचट बनाउने उद्देश्य मुताविक दलबलसहित सतहँुमा दुईतिरबाट गोर्खाली सैन्य दलबलले हमला गर्छ ।
यता सतहँुमा दीर्घनारायणले तयारी पनि राम्रै गरेछन् । पर्वत भीरकोट, नुवाकोट, गह्रौं, सतहुँ राज्यका सिपाही तैनाथ गरी गोर्खाली सैन्यसँग भिड्नलाई बाटो ढुकी बसेका २४ से सैन्यले एक्कासि हमला गर्दा केहरसिंह बस्नेत मारिएछन् । वंशराज पाण्डेलाई घेराबन्दीमा पारेर बेनी पुर्याएछन् । अनि गोर्खाली सैन्य कमाण्डर बिनाका सिपाही भए । ५०० जनाले त युद्ध मैदानमा नै ज्यान गुमाउनुपरेछ । बाँकी ५०० जतिले हतियार बुजाए भाग दौड गरेछन् ।
उता तनहुँले पनि त्रिशुलीमा डुंगा कब्जा गरे । कति त त्रिशुलीमा हाम फालेर मरेछन् । बचेखुचेका गोरखा दरबारमा पुगेकामात्र थिए, पृथ्वीनारायणको कोपभाजनमा परेका हतियार छोड्ने सैनिकलाई जनही ६० देखि १२० सम्म रुपैयाँसम्म जरिवाना गर्ने भन्ने हुकुम भएछ । ज्योतिषले पनि राम्रै नशियत पाएछन् ।
पश्चिमबाट हार खाएका पृथ्वीनारायण शाह विस्तारै सैन्यबल तिखार्दै नुवाकोट कब्जा गर्दै नेपाल खाल्टो हान्ने दाउमा थिए । नेपालका ३ सहर लिँदा त्यति सजिलो भएन । आफ्नै भाइ सूरप्रतापको आँखा फुट्यो । कालु पाण्डे मारिए । बारबारको प्रयासपछि ३ सहर गोरखालीको भयो । त्यसै समयदेखि सूरप्रताप मलाई पक्का पनि एउटा राज्य मिल्छ भन्ने कुरामा ढुक्क रहेछन् । पृथ्वीनारायणको उद्देश्य विशाल नेपालको कल्पना थियो । पृथ्वीनारायणले लोप्रे हात लगाएपछि सूरप्रतापले गण्डकी प्रश्रवणका राज्यतिर मिलेर हुडुलो मच्चाउन थाले । दाजुँसग बिच्कियर ८ टिकाराज्य २४ गण्डकीतिर देश जानको लागि केही दफा लिएर कास्कीतिर प्रवेश गरेछन् । कास्की सिसाघाट खड्गकोट जिताकोफल्याङकोट राज्यतिर लागे छन् ।
पश्चिमको पहिलो रोजाइ कास्की परेछ । लमजुङ, सिसाघाट हुँदै अर्घाैकोटसम्म आइपुग्दा कास्की राज्यमा प्रवेश गर्दा पूर्वको दौडाह दलले कास्की तखतमा दरबारमा खबर पुर्याइसकेको रहेछ । कुनै खतारा मच्चाउन आए कि भनी कस्केलीले सैनिक त्यसतर्फ पठाएका थिए । सिद्धिनारायणका माइला भाइ नरनारायण र सैन्य प्रमुख जसधर कुँवरको नेतृत्वमा सराङकोटमा कस्केली सेनाले बाघ दर्जन थापे छन् । विचरा सूरप्रतापको टोली सराङकोट आएपछि फन्दामा परेछ । सराङकोटबाट पक्डिएर लुसुलुसु कास्की तखतमा लगिएछन् । झोक्राएको शरीर दरबारमा हाजिर । उता आँखाको पिर । राज्यको दाउमा हिँडेका सूरप्रताप बाघ दर्जनमा फसे ।
सूरप्रताप पनि शरण परे । धर्मपत्र बनाएर कृति महोद्धम शाहलाई कास्कीले बाटुलेचौर तखत (दरबार)मा सुविधा दिएर बसालेको थियो
धन्नै ज्यान जाने रहेछ तर नरनारायणले बचाए छन् । कास्की तखतमा पुग्दा सूरप्रतापले सिद्धिनारायणलाई ढोगी शरणको याचना गरेछन् । सिद्धिनारायणले कास्कीलाई दखल हुने काम नगर्ने, कुनै राज्यको मानेमा तटस्थ रहने सर्तमा मन लागुन्जेल बस्ने भन्ने आदेश गरेपछि सूरप्रताप मज्जैले कास्कीमा शरणार्थीको रूपमा बसेछन् । पछि मलाई रानी चाहियो भनेपछि नरनारायण शाहले खडका मगरकी छोरी ल्याई विवाह गराइदिएछन् । कास्कीमा बस्दा मगरनीबाट बालबच्चा भएका रहेछन् । तिनीहरूलाई हमाल ठकुरी भनिने रहेछ ।
त्यस्तै शरणार्थी पात्र हुन पृथ्वीनारायणका भाइ महोद्धमकीर्ति शाह पनि । यी पनि पृथ्वीनारायणसँग बिच्किएर कास्कीमा शरण लिन बाध्य भएछन् । उनी पनि सिधै सिद्धिनारायणसँग शरण लिन आएछन् । सिद्धिनारायणले शरणको मरण गरेनन् । धर्मपत्र गरेर उनलाई बस्न दिने सर्त भएछ ।
धर्मपत्रः
स्वस्ती श्री गिरीराज चक्रचूडामणि नरनारायणत्यादी विविध विरुधावली विराजमानोन्नत श्रीमान्नादाराज धिरज कुमार श्री श्रीश्री कृतमहोद्यम शाहदेव लाई स्वोस्ती श्री गिरीराज चक्रचुडामणी नारायणत्यादी विविध विरुदावली विराजमान लोकत श्रीमन्महाराज धिराज श्रीश्रीश्रीश्रीश्री सिद्धी नारायण शाहदेव । लाई धर्मपत्र लेखी चढाया श्री साके १६९६ श्री सम्वत १८३१ ली आगे चौतारिया दाजुको घखने बनाउन नपसुता श्री पन्चायन देवता को को कुदृष्ठी हवस यस कुराको साथी पिउठान साछीस् निलाम्वर उपाध्याय, मेघवर्ण घर्ती क्षेत्री अतिकपपावस लिखक साक्षी गोकुल नाथ वडील लि घोष सुदी १२ रोज६ मुकाम बाटुल्याचौर तखत शुभम्।।।।।
धर्मपत्र बनाएर महोद्धमकीर्ति शाहलाई बाटुलेचौर तखत (दरबार)मा सुविधा दिएर बसालेका थिए । यस पत्रबाट उनलाई राजा नभई चौतारिया सरहको सुविधामा राखिएको थियो ।
किन शरण लिएका थिए त महोद्धम कीर्ति शाहले ? पृथ्वीनारायण शाहले मकवानपुर विजय गरेपछि जेठा चौतारिया महोद्धमकीर्ति शाहलाई मकवानपुरको पक्का राजा हुन पाउँछु भन्ने कुरामा ढुक्क रहेछ । पृथ्वीनारायणको नीति विपरीत यस्तो माग आएको र त्यो नीति विपरीत हुने सम्भव नभएकाले उनलाई मकवानपुर गढीको राजा नबनाएका कारणले उनले आफ्नो केही समर्थक उक्साउने धन्दामा गुट बनाएर, भड्काउने काम गरेकाले यिनीलाई पृथ्वीनारायणले, निगरानीमा राखेका थिय । अघोषितरूपमा यिनी नजरबन्दमा राखियको थियो । यो कुरा स्पष्ट भएपछि यिनी भड्किएर कास्कीमा आएका थिए । सिद्धिनारायणको र पृथ्वीनारायणको कुरा मिल्ने भएको हुँदा सिद्धिनारायणले यस्तो धर्मपत्र गरेर उनलाई शरणमा राखेका हुन् ।
दाजु पृथ्वीनारायण शाह सिकिस्त बिरामी परेको खबर कास्की दरबारमा आउँदा पनि महोद्धमकीर्ति शाह दाजुको अन्त्येष्टिसम्म गर्न जान मानिरहेका थिएनन् । सिद्धिनारायण शाहले पछिी उनलाई सपिण्डी गरिन्जेल भित्र पुग्नुपर्छ भनी आफैले लियर गएका थिए ।
इतिहासमा तीमात्रै कास्कीको शरणमा परेका होइनन्, अरु पनि कास्कीमा शरणार्थी छन् । २०३२ सालमा तिब्बतबाट खम्पा विद्रोह सुरु हुन्छ । तिब्बतीहरुलाई पक्डियर ल्याएपछि कास्कीमा नै शरण दिइयो । जस्तै याम्दी हेमजाको शरणार्थी शिविर, छोरेपाटन शिविर, यसका प्रत्यक्ष इतिहास हुन् । यिनीहरु स्वतन्त्र तिब्बत चाहन्थे । नेपाल सेना त्यसलाई समयमा नै कब्जा लिन सफल भयो । यो युद्धलाई भारत अमेरिका जस्ता देशको सहयोग रहेछ ।
भारत पाटनबाट आउने जहाज गोरखा पालुङटारको हवाई मार्गबाट यिनीहरुलाई रासन पानी पुर्याउने काम हुने भएकाले तत्कालीन सरकारले पालुङ्टार एयरपोर्टबाट लगेको रसदपानी, मुस्ताङ माथिको घाँसे मैदानमा विद्रोहीहरुले चौरी गाईको गुइँठा बालेर फ्री तिब्बत भनी लेखिएको गुइँठाको आगोको धुवाँको आधारमा रसदपानी जाहाजले पुर्याउने गरेको सुइँको पाएपछि नेपाली सेनाको नेतृत्वले पालुङटार एरपोर्ट पनि बन्द गरिदियो । खम्पालाई पनि पक्डेर ससम्मान हालका तिब्बतिय क्याम्पमा राखियका छन् ।
तपाईको प्रतिक्रिया