माफी मागे नेताहरुले

घुसपैठको आरोपमा निर्घात कुटिने युवा रास्वपा कै कार्यकर्ता

घाइते कार्यकर्तालाई भेट्न स्वर्णिम, सुमना, तोसिमा र शिव निबास मै पुगे

समाधान संवाददाता २०८१ कार्तिक ५ गते १६:०६

पोखरा ।

Advertisement

आन्दोलनमा घुसपैठ गरेर अराजकता फैलाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबाट निर्घात कुटिएका युवा राष्ट्रिय स्वतन्त्र पार्टी कै सकृय कार्यकर्ता भएको खुलेको छ ।

आइतबार पोखराको शहीद चाोकमा रास्वपा सभापति रवि लामिछानको गिरफ्तारीको विरुद्धमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताले आन्दोलनमा घुसपैठ गरेर परिस्थिति बिगार्न खोजेको भन्दै एक युवा माथि निर्घात कुटपिट गरेका थिए । प्रहरी माथि ढुङ्गा र बोटल हानेको भन्दै ती युवालाई दर्जन भन्दा बढी रास्वपाका कार्यकर्ताले घेरा हालेर कुटेका थिए ।

पिटाई खाने ती युवा कास्कीको मादी गाउँ पालिका वडा नम्बर ६ सिल्दजुरे स्थायी घर भै पोखरा १३ काहुँ बस्ने पदमराज पौडेल हुन । उनी रास्वपामा सकृय रुपमा लाग्ने मादी कै पहिलो युवा भएको स्थानीयको दावी छ । रवि लामिछाने र रास्वपाका सकृय कार्यकर्ता उनी आन्दोलनलाई सफल पार्न कै लागि पसल छोडेर निर्धारित समय अगावै शहीद चोकमा पुगेका थिए ।

पदमराज काहुँ खोलास्थित सिल्दजुरे इलेक्ट्रोनिक्सका सञ्चालक हुन । केही वर्ष कोरियामा काम गरेर नेपाल फर्केका उनी रास्वपा पार्टी बन्ने बेलादेखि कै सकृय कार्यकर्ता हुन ।

Advertisement

कुटाई पछि घाइते भएका पौडेलको ओठमा २ वटा टाँका लगाइएको छ । उनी हिजै अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन् । शरिरका विभिन्न भागमा कुटपिट भए पनि अन्यत्र चोट भने लागेको छैन ।

आफ्नै कार्यकर्ताबाट कुटिएर घाइते भएका पदमराजलाई भेट्न रास्वपाका शिर्ष नेता आज सोमबार उनको निबास मै पुगेका थिए । बरिष्ठ उपाध्य स्वर्णिम वाग्लेको नेतृत्वमा सुमना श्रेष्ठ तोसिमा कार्की र शिव नेपाली काँहुस्थित पौडेलको निबासमा पुगका थिए । उनीहरुले पौडेललाई थप उपचारका लागि भन्दै अस्पताल समेत पठाएका थिए ।

भेट्न पुगेका नेताहरुसँग पौडेलले आफूले अनाहकमा पिटाई खाएको गुनासो गरेका थिए । मैले केही गरेकै थिइन् नारा लगाइरहेको थिए एक्कासी पिट्न थाले–उनले नेताहरुसँग भनेका थिए ।

कास्कीका सकृय कार्यकर्ता हुँदा हुँदै पनि रास्वपाको आन्दोलनमा कास्की बाहिरका धेरै सहभागी भएकाले उनीहरुले नचिन्दा पौडेलले पिटाई खानु परेको थियो । हाल उनी निबास मै आराम गरेर बसेका छन् ।

तपाईको प्रतिक्रिया