सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीको उपचार खर्च पनि बेहोर्ने

पोखरा ।
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी योगदानकर्ता (श्रमिक)का छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेटेको छ । हालसम्म योगदानकर्ताका दम्पत्ति र आमाबाबुले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेटेको हो ।
कोषको सञ्चालक समिति बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमाबुबाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत यस्तो सुविधा थपिएको कोषले जनाएको छ । आश्रित परिवारमा श्रीमान्/श्रीमती तथा छोराछोरी समेटिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
कोषले वार्षिक १ लाख २५ हजारसम्मको औषधि उपचार खर्च बेहोर्छ । उपचारमा लागेको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत योगदानकर्ताले खर्च गर्नुपर्ने उनले बताए । ‘छोराछोरीको हकमा आश्रित उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन् । श्रीमतीका हकमा भने दोस्रो विवाह नगरेसम्म आश्रित सुविधा पाउँछन्,’ उनले भने । वार्षिक १ लाख २५ हजारसम्मको औषधि उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरिएको हो। यो सेवा सहयोगदानमा आधारित हो । जसमा उपचारमा लागेको जम्मा रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत आफैँले तिर्नुपर्नेछ ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कोषमा आवद्ध योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अनुसार सुविधा पाउने व्यवस्था छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वार्षिक १ लाखसम्मको औषधि उपचार सुविधा पाउँछन् । २ वर्ष योगदान गरिसकेका योगदानकर्तालाई घातक रोग लागे १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुन्छ ।
योगदानकर्ताको कामको सिलसिलामा दुर्घटना भए सम्पूर्ण उपचार खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको ७ लाख रुपैयाँसम्म कोषले शोधभर्ना गर्छ । २ वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च कोषले नै व्यहोर्छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया