पोखरामा सुरु भयो नेसपाको विधान अधिवेशन
समाधान संवाददाता
२०८१ कार्तिक ५ गते १७:०२

पोखरा ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा सुरु भएको छ । २ दिन चल्ने अधिवेशनको भट्टराईले सोमबार पोखरा सभागृहमा उद्घाटन गरे ।
अधिवेशनले पार्टीको प्रस्तावित विधान पारित गर्ने कार्यक्रम छ । विभिन्न जिल्लाबाट आएका झन्डै ५ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् । उनीहरुबीच समूह विभाजन गरी प्रस्तावित विधानमाथि छलफल चलाइएको नेसपा गण्डकी संयोजक किरण थापाले जानकारी दिएका छन् ।
नेसपा गठन भएयता पहिलोपटक अधिवेशनमार्फतै उक्त पार्टीले विधान बनाउन लागेको हो । विधान अधिवेशनले नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यताबारे छलफल गर्नेछ । नेसपाले आउँदो माघमा अधिवेशन गरी पार्टी संगठनका पदाधिकारीहरुसमेत औपचारिक रुपमा चयन गर्ने भएको छ ।
सम्बन्धित







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया