युनिलिभर नेपालद्वारा बाढी पीडित कोषमा ५० लाख रुपैयाँ

समाधान संवाददाता २०८१ कार्तिक ६ गते ११:००

पोखरा ।
हालै गएको विनासकारी बाढी र पहिरोले पीडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।

Advertisement


यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सिइओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।


युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित रहेको कम्पनीले बताएको छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया