‘रवि रिहाइ’का लागि पोखरेलीको साथ नपाएपछि, घरदैलाेमा रास्वपा नेता

सञ्जय रानाभाट २०८१ कार्तिक ६ गते २०:३९
सराङकोटमा भेटघाट गर्दै तोसिमा कार्की लगायत नेता कार्यकर्ता । तस्बिर : तोसिमा कार्कीको फेसबुक

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा सहभागी भएको आरोपमा पक्राउ परेपछि यत्ति बेला देशको माहोल गर्माएको छ । लामिछानेलाई पक्राउ गरेर पोखरा ल्यापछि रास्वपाका कार्यकर्ताले दैनिक जसो विरोधका कार्यक्रम गर्दै आएका छन् । ७७ जिल्लाबाटै १ सय जनालाई पोखरा उत्रारे पनि रास्वपाले पोखरेलीको साथ भने पाएको छैन । अर्थात् रास्वपाले सोचे अनुरुप पोखरेली सडकमा उत्रेका छैनन् ।

Advertisement

पोखरेलीले आन्दोलनलाई साथ नदिएको स्वयं रास्वपा नेता कार्यकर्ता स्वीकार्छन् । यद्यपि रास्वपा पोखरेलीलाई सडकमा उत्रार्न सामाजिक सञ्चाल, सञ्चार माध्यम र सभा सम्मेलनबाट निरन्तर आह्वान गरेका छन् । मंगलबार त रास्वपा नेता कार्यकर्ता घरदैलो अभियानमा जुटे । चुनावका बेला भोट माग्न नेताहरु घरदैलोमा पुगे झै रास्वपा नेता कार्यकर्ता रविलाई न्याय दिन सडकमा उत्रन भन्दै आह्वान गरेका थिए । उनीहरु सडक आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै घरदैलोमा पुगेका हुन् ।

हरि ढकाल मंगलबार बिहान पोखरा १७ विरौटा क्षेत्रमा घरदैलो पुगेका थिए । रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यसमेत रहेका उनी बिहान ८ बजेदेखि १० बजेसम्म बिरौटा क्षेत्रमा घरघरमा पुगेका थिए । उनले पार्टी सभापति लामिछानेलाई राज्यले अन्यय गरिरहेकाले सडकमा उत्रन अनुरोध गरे । उनले राज्यले लामिछानेलाई अन्यय गरेकाले यसको प्रतिवाद गर्न सडक आन्दोलनमा आउन आह्वान गरेका थिए ।

सांसद ढकाल जस्तै रास्वपाले मंगलबार पोखरा क्षेत्रलाई १० ठाउँमा वर्गीकरण गरेर नेता कार्यकर्तालाई घरघरमा पठाएको थियो । स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, सन्तोष परियार लगायताका नेताहरु घरदैलोमा पुगेका थिए । रास्वपाका प्रवक्ता मनिष झा पोखरा अंमरसिंहचोक क्षेत्रको घरदैलो गरेका थिए । झाका अनुसार पोखरेलीको साथ खोज्न आफूहरु घरदैलोमा पुगेका हुन् ।

‘हाम्रो आन्दोलन पोखरेली जनताको न्यायका लागि पनि हो । उहाँहरुले यो व्यक्ति छुटाउन होकी ठानेर सडकमा नदेखिनुभएको होकी भनेर हामीहरु घरदैलोमा पुगेर उहाँहरुलाई आह्वान गरेका छौं,’ रास्वपाका प्रवक्ता समेत रहेका झाले भने, ‘घरदैलोमा पुगेर आह्वान गरेपछि मंगलबार उपस्थिति बढेको छ । बुधबार अझै धेरै उपस्थित हुनुहुन्छ ।’ सहकारीमा ८७ अर्ब ठगी भएपनि सभापति लामिछाने जिम्मेवार रहेको ३ करोडमा मात्र केन्द्रित गरिएको उनका भनाइ छ । रविमाथि राजनीतिक प्रतिशोध साधिएकाले आफूहरु सडकमा उत्रेको उनले सुनाए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया