रवि लामिछानेको बयान सुरु

समाधान संवाददाता २०८१ कार्तिक ६ गते २०:५४
फाइल फोटो

पोखरा । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिन सुरु गरिएको छ ।

Advertisement

सरकारी वकिलको कार्यालयमा लगेर लामिछानेसँग बयान लिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

उनका अनुसार बयान भने सकिएको छैन । लामिछानेलाई प्रहरीले यसअघि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । बुधबार म्याद थप गरिएको समय सकिँदैछ । बुधबार पुन म्याद थपका लागि पहल गर्ने प्रहरी स्रोत बताउँछ ।

Advertisement

लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरेर शनिबार पोखरा ल्याइएको थियो । उनलाई म्याद थपका लागि आइतबार अदालत लगिएको थियो । जिल्ला अदालतले उनलाई ६ दिन म्याद थपेको छ ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

Advertisement

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा लामिछाने जिम्मेवार ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया