सेभेन ए साइडमा ६ खेल

समाधान संवाददाता २०८१ कार्तिक ७ गते १०:३४

पोखरा ।
श्रृङ्खला क्लब पोखरा २० भलाम–मौजाको आयोजनामा जारी नवौं सेभेन ए साइट फुटबल प्रतियोगितामा मंगलबार ६ खेल भएका छन् । सोमबार सुरु भएको प्रतियोगितामा पहिलो दिन २ खेल भएका थिए । प्रतियोगितामा २४ टिम सहभागी छन् ।

Advertisement


यसपालिको दसैं, तिहार जस्ता पर्वहरुको अवसरमा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख ३१ हजार १ सय ११ र दोस्रो हुनेले ६५ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।


प्रतियोगिता सुरुआत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले खेल र खेलाडी देशकै गौरव भएकाले सबै मिलेर खेल क्षेत्रलाई उकास्न आग्रह गरेका थिए । उनले पोखरा २० पृथक र कठिन भूभाग भएकाले एकताबद्ध रुपमा काम गर्न सबैलाई आग्रह गरे ।


‘राजनीति एक ठाउँमा होला । विकास, निर्माण, खेल जस्ता क्षेत्रमा एकताबद्ध बनेर अघि बढ्नु जरुरी छ,’ मन्त्री थापाले भने, ‘त्यसरी तपाईहरु आए प्रदेश र स्थानीय तहले गर्ने काम मिलेर हुन्छ । नसक्ने कामका लागि पनि संघमा सँगै जान सकिन्छ ।’


२०८१ को दसैं तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगिता भलामको पाटनमा जारी छ । क्लब अध्यक्ष दिनेश बस्नेत स्थानीय स्तरबाट राष्ट्रिय खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँछन् । “हाम्रो भलाम, राम्रो भलाम भन्ने उद्देश्यका साथ यस क्षेत्रको सामाजिक विकास र पर्यटन प्रवर्धनका लागि समेत सघाउन प्रतियोगिताले सघाउने अपेक्षा गरेका छौं,’ बस्नेतले भने ।

Advertisement


प्रतियोगिताका लागि १३ लाख ५१ हजार २ सय ५२ रुपैयाँ आम्दानी र १० लाख ५६ हजार २ सय ८२ रुपैयाँ खर्च हुने अनुमान छ । विसं. २०४३ सालमा बनेको श्रृङ्ला युवा क्लब २०७२ मा श्रृङ्खला क्लबमा रुपान्तर भएको हो । क्लबले फुटबल प्रतियोगितासहित विभिन्न सामाजिक काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया