छबिलाई पोखरा ल्याइयो, रविलाई बिहीबार अदालत पेस गरिँदै

पोखरा । सहकारीको रकम ठगीको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई बुधबार पोखरा ल्याएको छ । काठमाडौंबाट पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत गोरर्खा मिडियामा पुर्याएर ठगी गरिएको आरोप जोशीमाथि छ । पूर्वडिआइजी समेत रहेका उनी गोरखा मिडिया नेटवर्कमा तत्कालीन लगानीकर्ता हुन् । अनाधिकृत रुपमा लगानी गरेपछि वयानको लागि रुपन्देही पुर्याइएको हो । मंगलबार र बुधबार उनीसँग सरकारी वकिलको कार्यालयमा वयान लिइएको थियो । वयान सकेपछि पुन कास्की ल्याएको हो ।
जोशीलाई बुधबार दिउँसो १२ बजे बुद्ध एयरको उडानमार्फत पोखरा ल्याएको हो । जोशीलाई असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । गोरखा मिडिया नेटवर्कमा जोशीका व्यावसायिक साझेदार पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । शुक्रबार काठमाडौंबाट पक्राउ गरेर शनिबार बिहान कास्की ल्याइपुर्याइएका रवि पनि कास्की प्रहरीको हिरासतमा छन् । रविलाई म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । जोशीलाई बुधबार दिउँसै पोखरा ल्याएको शर्माले जानकारी दिए । लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले हिरासतमा राख्न ६ दिनको अनुमति दिएको थियो । सोमबार रविसँग सामान्य सोधपुछ र कागजात प्रमाणितको काम गरिएको थियो । मंगलबार सरकारी वकिलको कार्यालयमा प्रहरीले रविसँग वयान लिएको छ । बुधबार भने उनीसँग बयान लिइएन ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि पक्राउ परेका हुन् ।
एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।
सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । ‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५ सय ३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’
संसदीय समितिले सहकारी ठगी प्रकरणका गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसहित कार्यकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया