सहकारी पीडितको आन्दोलनमा ऐक्यवद्दता जनाउन कास्की कांग्रेसका सचिवको आग्रह

समाधान संवाददाता २०८१ कार्तिक ७ गते २१:१४

पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई काठ्माडौंमा पक्राउ गरेर ल्याएपछि पोखरा अहिले राजनीति र मिडियाको केन्द्र बनेको छ । राजनीतिक प्रतिशोध साँधेर लामिछानेमाथि कारवाही थालिएको भन्दै उनका समर्थकहरु अहिले पोखरा केन्द्रित आन्दोलनमा छन् । बाहिरबाट आएका नेता कार्यकर्ता बाक्लै भए पनि आन्दोलनमा पोखरेलीको साथ भने रास्वपाले पाएको छैन । त्यसको मुख्य कारण हाे, सहकारीबाट ठगिएका पोखरेलीको बाहुल्यता ।

Advertisement

सूर्यदर्शन होस या इमेज, शिव शिखर होस या मित्रमिलन सहकारी । यी सहकारीमा रकम जम्मा गरेका बचतकर्ता अहिले रुनु न हास्नु भएका छन् । त्यसमाथि सहकारी पीडितलाई न्याय दिलाउने भन्दै रास्वपाका कार्यकर्ता नै नाराबाजीमा उत्रेका छन् । यसले सहकारी पीडितको घाउमा थप नुनचुक लगाएको उनीहरुको भनाइ छ ।

बिहीबार रवि लामिछानेलाई म्याद थप्न प्रहरीले अदालत लैजाने छ । त्यसै क्रममा सहकारी पीडितले ११ बजे मुस्ताङचोकमा वृहत प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडितलाई एमाले र कांग्रेसको समर्थन रहेको चर्चा चलिरहेका बेला कांग्रेस कास्की भानु ढकालले सहकारी पीडितको आन्दोलनमा सहभागिताका लागि आह्वान गरेका छन् ।

उनले भनेका छन्

न्यायालयलाई भीड़ देखाएर प्रभावित गर्ने कुकृत्यका विरूद्ध सहकारी पीडितको आन्दोलनमा सहभागी भई ऐक्यवद्दता जनाई न्यायको पक्षमा दृढ़तापूर्वक उभिन बिहीबार बिहान ११ बजे पोखरा मुस्ताङ चोकमा भेटौंला।

Advertisement

राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधि प्रति हाम्रो गम्भीर आपत्ति व्यक्त गर्दै घोर निन्दा र भर्त्सना गर्दछौं।

कानुन सबैका लागि समान हुनुपर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा कास्की जिल्लाको पोखरामा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।

सहकारी ठगीमा संलग्न आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका म्यानेजिङ डाइरेक्टर पूर्व गृहमन्त्री रवि लामिछाने पनि केही दिनदेखि पक्राउ परी अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेको सन्दर्भमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनुपर्दछ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको हाम्रो ठहर छ।

प्रचलित कानुन बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरू माथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने हाम्रो ठहर छ@ जय पोखरा, जय नेपाल 🇳🇵

तपाईको प्रतिक्रिया