सहकारी पीडितको आन्दोलनमा सहभागी हुन कास्की कांग्रेसको आव्हान
पोखरा ।
कास्कीका सहकारी पीडितले आयोजना गरेको आन्दोलनमा सहभागी हुन नेपाली कांग्रेस कास्कीले आव्हान गरेको छ ।
पार्टी सचिव भानुभक्त ढकालले फेसबुकमा पोष्ट गर्दै विहीबार कास्कीका सहकारी पीडितले मुस्ताङचोकमा आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
विहीबार रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराउदैछ । त्यसैको विरोधमा रास्वपाले प्रदर्शनको तयारी गरेको छ ।
रास्वपाले सडकमा प्रदर्शन गरेर अदालतलाई प्रभावित गर्न खोजेको भन्दै सहकारी पीडित पनि सडक मै उत्रिदै छन् । तिनै सहकारी पीडितको पक्षमा कांग्रेस पनि उभिने भएको हो ।
कास्की कांग्रेसका सचिव ढकालले फेसबुकमयस्तो लेखेका छन।-
न्यायालयलाई भिड़ देखाएर प्रभावित गर्ने कुकृत्यका विरूद्ध। सहकारी पिडितको आन्दोलनमा सहभागी भई ऐक्यवद्दता जनाई न्यायको पक्षमा दृढ़ता पुर्वक उभिन भोलि बिहान ११ बजे पोखरा मुस्ताङ चोकमा भेटौला।
राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्याउने गतिविधि प्रति हाम्रो गम्भीर आपत्ति व्यक्त गर्दै घोर निन्दा र भर्त्सना गर्दछौं।
कानुन सबैका लागि समान हुनुपर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा कास्की जिल्लाको पोखरामा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।
सहकारी ठगीमा संलग्न आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका मैनेजिंग डायरेक्टर पुर्व गृहमन्त्री रबि लामिछाने पनि केही दिन देखि पक्राउ परी अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेको सन्दर्भमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनुपर्दछ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको हाम्रो ठहर छ।
प्रचलित कानुन बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरू माथि समान ढङ्गले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने हाम्रो ठहर छ@ जय पोखरा, जय नेपाल 🇳🇵
भानु ढकाल, सचिव
नेपाली कांग्रेस, कास्की
तपाईको प्रतिक्रिया