मुटु परीक्षण शिविर

समाधान संवाददाता २०८१ कार्तिक ८ गते ११:२०

पोखरा ।
जयन्ती स्मृति प्रतिष्ठानको आयोजना तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहआयोजनामा पोखरामा बृहत मुटु परीक्षण शिविर सम्पन्न भएको छ ।

Advertisement

मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं तथा युनिभर्सिटी अफ वासिङ्टनका वरिष्ठ मुटु रोग विशेषज्ञसहितको टिमबाट निशुल्क मुटु परीक्षण गरिएको हो ।

शिविरमा लामो समयदेखि मुटु, ब्लड प्रेसर तथा सुगरका औषधि सेवन गर्नेहरुलाई बिशेष प्राथमिकता दिइएको थियो । शिविरमा ४ सय ५३ जनाको परीक्षण गरिएको जयन्ती स्मृति प्रतिष्ठान पोखरा संयोजक सबिता मैनालीले जानकारी दिइन् ।

परीक्षणका क्रममा समस्या देखिएकाहरुलाई थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया