रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पाेखरा ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । यसअघि उनलाई ६ दिन म्याद थप गरिएकाे थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान गर्न २५ दिनको अनुमति माग गरेको थियो ।
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्य दर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।
सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया