काजी रोशन पुरस्कार ‘फरैना’लाई

पोखरा ।
धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ दाङ, घोराहीका लेखक सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’लाई प्रदान गरेको छ । २५ हजार राशिको उक्त पुरस्कार एक समारोहबीच साहित्यकार एवं कलाकार गंगा सुवेदी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र प्रतिष्ठानका अध्यक्ष काजी रोशनले संयुक्त रुपमा प्रदान गरे ।
विसं २०४४ देखि प्रदान गरिँदै आएको उक्त पुरस्कारबाट यसअघि १६ जना साहित्यकार सम्मानित भइसकेका छन् । सोही समारोहमा प्रतिष्ठानद्वारा स्थापित ‘बम–सरस्वती स्मृति पुरस्कार’बाट साहित्यकार एवं अभिनव साहित्य समाज, काठमाडौँका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘बेदमणि’लाई पुरस्कृत गरिएको छ ।
त्यस्तै ‘हिमलाल–मन्धरा स्मृति पुरस्कार’ कपिलवस्तुका साहित्यकार हरिराज शर्मा ‘हरिश’लाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही १५ हजार रहेको प्रतिष्ठानका प्रबन्ध समितिका सदस्य हरिप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनलाई केही समयअघि धनकुटास्थित गर्गाचार्य विश्वभाषा सामुदायिक पुस्तकालयद्वारा रु१५ हजार राशिको ‘मधुश्री विशिष्ट साहित्य पुरस्कार’ प्रदान गरिएको थियो । अध्यक्ष रोशनले पुरस्कारको उक्त रकम प्रतिष्ठानको कोषमा रहने गरी प्रतिष्ठानका सदस्य सचिव राम थापा ‘अविरल’लाई हस्तान्तरण गरे । उनले प्राप्त गरेका हरेक पुरस्कार र सम्मान रकम प्रतिष्ठानको कोषमा जम्मा गर्दै आएका छन् ।
२०४१ मा स्थापित प्रतिष्ठानले विभिन्न पुरस्कार कोष सञ्चालनका साथै विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । उक्त समारोहमा बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदी ‘प्रयास’को कविता कृति ‘प्रयासका कविता’ विमोचन गरिएको छ । उक्त कविताकृतिमाथि सह–प्राध्यापक हरिप्रसाद गौतमज्यूले समीक्षात्मक टिप्पणी राखे । विराटनगरका साहित्यकार एवं कलाकार गंगा सुवेदीलाई प्रतिष्ठानद्वारा अभिनन्दन गरेको छ ।
प्रतिष्ठानको ३० औं वार्षिकोत्सवको सन्दर्भ पारेर पुरस्कार प्रदान, पुस्तक विमोचन लगायत कार्यक्रम एकै मञ्चमा गरिएको हो । सोही अवसरमा बुटवलका कलाकार विष्णुप्रसाद सुवेदीको एकल चित्रकला प्रदर्शनी गरिएको थियो । कलाकार सुवेदीले नेपाली कला, भाषा र साहित्यको उत्थानमा धवलागिरि साहित्य प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरिन् ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया