कञ्चन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कृष्णप्रसाद

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ५ को कञ्चन बचत तथा ऋण सहकारी संस्थाको छैठौं अधिवेशनले कृष्णप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा गायत्री भुर्तेल, सचिवमा माधवप्रसाद बराल, कोषाध्यक्षमा केशवप्रसाद कोइराला निर्वाचित भए । कार्यसमिति सदस्यमा रामजी पौडेल, महेश्वर बराल, दीपक बराल, रामेश्वर कोइराला, अञ्जली खत्री, श्रीधरी दवाडी र एकराज बराल छन् ।
लेखा समिति संयोजकमा पदमप्रसाद बराल, सदस्यमा लालकुमार अधिकारी र शिव बराल, ऋण समितिमा गोविन्द खत्री र नारायणप्रसाद बराल छन् ।कृषि उपसमिति संयोजकमा धनपति बराल, अनुगमन उपसमिति संयोजकमा राजेन्द्र खत्री, महिला उपसमिति संयोजकमा तारा आचार्य छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले कञ्चन सहकारी वडाको गौरव भएको बताए । उनले विषम परिस्थिति र संकटमा पनि सहकारी सही ढंगले सञ्चालन हुनु निकै प्रशंसनीय भएको बताए । कार्यक्रममा वडासदस्यहरु हरिमाया विश्वकर्मा, कल्पना क्षत्री, मणिराम बराल, गोविन्दप्रसाद पराजुली, सल्लाहकार पुरुषोत्तम पराजुली, पोखरा महानगर सहकारी विभागका सदस्य राजु सुवेदी, सम्मानित व्यक्तित्व एवं शेयर सदस्य लक्ष्मण बराल लगायतले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कारोबार गर्ने मणिराम बराल र शिलकुमारी श्रेष्ठ र उत्कृष्ट बचतकर्ताको रुपमा लक्ष्मण बराल, कालिका थापालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष वन्सन्तराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गायत्री भुर्तेलले स्वागत, सचिव कृष्णप्रसाद बरालले कार्यक्रम सञ्चालन र सहकारी सात सिद्धान्त वाचन अञ्जली खत्रीले गरेकी थिइन् ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया