चेक अनादर मुद्दामा व्यवसायी अनिललाई २ वर्ष कैद फैसला
देवकृष्णलाई दिएको चेक बाउन्स, अनिल फरार, पक्राउ गर्न आदेश

पोखरा ।
जिल्ला अदालत कास्कीले चेक अनादर मुद्दामा पोखराका एक जना व्यवसायीलाई कैद सजाय सुनाएको छ । पोखरा उपमहानगर पालिका वडा नम्बर १३ का बासिन्दा तथा व्यवसायी अनिल सिग्देल कास्की जिल्ला अदालतको फैसला अनुसार २ वर्ष जेल बस्न पर्ने भएको छ ।
पोखरा कै व्यवसायी देवकृष्ण काफ्लेले दिएको मुद्दामा यही कार्तिक ९ गते जिल्ला अदालत कास्कीका न्यायाधिश कृष्णजंग शाहको इजलासले व्यवसायी अनिल सिग्देललाई दोषी ठहर गर्दै २ वर्ष कैद हुने आदेश सुनाएको हो
व्यवसायी काफ्ले र सिग्देल दुवै जना पोखरा उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य हुन । उनीहरुबीच ४५ लाख रुपैयाको लेनदेन थियो । सावाँ र ब्याज गरी करिब ७० लाख रुपैया तिर्न भएका सिग्देलले काफ्लेलाई दिएको चेक बाउन्स भएपछि चेकअनादरको मुद्दा दर्ता भएको थियो ।
मुद्दाको फैसला भएपछि सिग्देल फरार भएकाले जिल्ला अदालत कास्कीले पक्राउ गरी अदालतमा पेश गर्न कास्की प्रहीलाई पत्र पठाएको छ । यद्यपी अहिलेसम्म उनी फरार नै छन ।









चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया