कांग्रेस नेता सिटौला भन्छन् : संविधान संशोधनभन्दा पहिले समीक्षा गर्न जरुरी छ

अन्नपूर्ण (कास्की), ११ कात्तिकः नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आज पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रियामा उहाँले संविधानको कार्यान्वयन गदौ देखिएका समस्या, जनहितका पक्ष र आवश्यकताबारे समीक्षा जरुरी रहेका बताउनुभएको हो । “संविधान कार्यान्वयन गर्दा जनहितमा के के काम गर्न सकियो, जनतासामु गरेका बाचा पूरा गर्ने सवालमा के के समस्या देखिए, त्यसका कारण र समाधान, संविधानमा देखिएका कमजोरीको संयमित भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ”, नेता सिटौलाले भन्नुभयो ।
उहाँले वर्तमान सरकारसामु राजनीतिक स्थिरता कायम गर्दै जनहितका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राख्नुभयो । “अहिले नयाँ र साना पार्टीहरुले पुराना अनि ठूला पार्टीले केही गरेन भन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “२०४६ सालपछि धेरै विकासका काम भएका छन् । त्यसैले केही गरेकै छैन भन्ने कुरामा म चाहिँ सहमत छैन तर परिवर्तित जनचाहनाअनुसार काम गर्न जरुरी छ ।”
पूर्वउपप्रधान तथा गृहमन्त्री सिटौलाले संविधानको मौलिक हकमा व्यवस्था गरिएका उपभोक्ता अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जनता हरेक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । रासस
—






निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया