उपभोक्ता अदालतको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शर्मा सिफारिस   

समाधान संवाददाता २०८१ कार्तिक १२ गते ५:३५

काठमाडौं । न्याय परिषद्ले उपभोक्ता अदालतको अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।    
    
 परिषद्ले आज अध्यक्षमा शर्मा र सदस्यमा रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एकजना सदस्य तोक्नेछ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ । त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने व्यवस्था रहेको छ ।  रासस

तपाईको प्रतिक्रिया