मुस्ताङमा लिफको परामर्श

समाधान संवाददाता २०८१ कार्तिक १२ गते ११:५९

जोमसोम ।
मुस्ताङमा रेड प्लस अन्तर्गत (लिफ) सहमति परामर्श कार्यक्रम भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङमा जिल्ला स्थित संरक्षण व्यवस्थापन, समितिका प्रतिनिधि, जनप्रतिनिधि, वन तथा जलवायुबारे चासो राख्नेहरु एक्याप तथा डिभिजन वन कार्यालयका प्रतिनिधिको उपस्थितिमा सहमति परामर्श सम्पन्न भएको हो ।

Advertisement

वन तथा वातावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रको आयोजना युएन रेड प्रोग्रामको आर्थिक सहयोग तथा रिकर्प नेपालको सहजीकरणमा (लिफ) सहमति परामर्श कार्यक्रम गरिएको हो । ज्येष्ठ नागरिक चन्द्रबहादुर थकालीले कार्यक्रम सुरुआत गवरेका थिए ।


लिफ परामर्श सहमति कार्यक्रमको विषयमा रिकर्प नेपालका उपनिर्देशक प्रदीप बुढाथोकी र सामुदायिक उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले जानकारी गराए । बुढाथोकीले रेड प्लस र (लिफ)बारे जानकारी दिए । सो अवसरमा प्रस्तावित (लिफ) कार्यक्रम सञ्चालनअघि गरिने जलवायु परिवर्तन, रेड प्लस र लिफ लगायतका विषयमा ९ बुँदे निर्णय पारित गरिएको छ ।


रिर्कप नेपाल र वन तथा वातावरण मन्त्रालय अन्तर्गत रेड कार्यान्वयन केन्द्रको साझेदारीमा सन् २०२२ देखि सन् २०२६ सम्म यो कार्यक्रम चल्नेछ । वन विनाश तथा जलवायु परिवर्तनले असर भोग्दै आएका आदिवासी जनजाती, दलित महिला र अन्य क्षेत्रलाई जलवायु संकट मोचनका लागि प्राप्त हुने वैदेशिक सहायताको पहुँच पु¥याउने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।


वन विनास तथा क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्ने र यसको संरक्षण तथा प्रभावकारीतालाई आत्मसात गर्दै दिगो व्यवस्थापन गरी कार्बन सञ्चिति क्षमता अभिवृद्धिवापत विकसित राष्ट्रबाट प्राप्त हुने प्रोत्साहन भुक्तानीलाई रेड प्लस नाम दिइन्छ । रेड प्लसकै माध्यमबाट नेपाल सरकारको साझेदारीमा कार्बन उत्सर्जन र वन विनास विरुद्ध साझेदारी संस्थाको रुपमा अन्तरार्ष्ट्रिय सञ्जाल(लिफ) कार्यक्रम आएको हो ।

Advertisement


यो कार्यक्रम गण्डकी प्रदेश, बाग्मती र लुम्बिनीका ३६ जिल्लामा कार्यान्वयनमा आउँदै छ । कार्वन उत्सर्जन गर्ने औद्योगिक विकासशील राष्ट्रले दिने जलवायु क्षति वापतको अनुदान कार्यान्वयनमा आउने ३ प्रदेशका ३६ जिल्लाका वन उपभोक्ता समिति र संरक्षण व्यवस्थापन समिति लगायतमा प्राप्त हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया