वन समृद्धिको आधार बन्नुपर्नेमा जोड

पोखरा ।
वन प्रदावारलाई समृद्धिको आधार बनाउनुपर्नेमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर महासंघद्वारा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
स्वदेशी काठ प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने उनहरुले जनाए । वक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जीवन र जगतसँग जोडिएको वन संरक्षणसँगै हरित रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा सामुदायिक वनको समूहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले अबका दिनमा यसलाई समृद्धिसँग जोड्नुपर्ने विचार राखे । हरियाली प्रवद्र्धनसँगै वातावरण संरक्षणका लागि सामुदायिक वन समूहसँग साझेदारी गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै प्रमुख आचार्यले वन समूहरुलाई महानगरमा सूचीकृत हुन आग्रह गरे ।
महानगरले सामुदायिक वन लगायत सहरी क्षेत्रको खाली जग्गामा सांस्कृतिक झल्कन र आयआर्जन हुने खालका २ लाखभन्दा बढी विरुवा रोप्ने तयारी गरिरहेको जानकारी दिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयबाट वन समूहलाई स्थायी लेखा नम्वर लिनका लागि आवश्यक कागजात, परिवर्तित सन्दर्भमा वनका नीतिका वारेमा जिभिजन वन कार्यालय, कृषि विकास बैंकको तर्पmबाट वित्तीय साक्षरता, रेड कार्यान्वयनसम्बन्धी जानकारी गराइएको थियो ।
महानगरमा ३ सय ७८ सामुदायिक वन आवद्ध रहेको नगर महासंघका अध्यक्ष कमल भुजेलले बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्र, प्रदेश, जिल्ला र वडा महासंघका गरी ४ सय ३१ जनाको सहभागिता छ ।
तपाईको प्रतिक्रिया