पटका बनाउँदा पाेखरामा एक जना घाइते
समाधान संवाददाता
२०८१ कार्तिक १३ गते १०:४६
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१, फुस्रेखोलाका १ किशोर पटका बनाउने क्रममा पड्किएर सख्त घाइते बनेका छन् । १७ वर्षीय असिम परियार आल्मुनियमको पातामा सलाईको काँटीले पटका बनाउँदा पड्किएर घाइते भएका हुन् ।
सोमबार दिउँसो साढे ३ बजेतिर घाइते बनेका परियारलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएकोमा त्यहाँ उपचार हुन सकेन ।
उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया