कम्युनिस्ट मिल्दा राम्रो तर एकता भइहाल्ने अवस्था छैनः नेपाल

पोखरा ।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुनै कम्युनिस्ट पार्टीसँग मिल्ने परिवेश बनिनसकेको दाबी गरेका छन् । माओवादी केन्द्रसँग मिल्ने परिस्थिति नबनेको जानकारी दिदै उनले एमालेसँग एकताको कल्पनै गर्न नसकिने उल्लेख गरे ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले एजेन्डा मिल्नेसँग सहकार्य गर्ने र कम्युनिस्ट पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने योजना सुनाए । पार्टीले एमालेसँग एकता गर्दैनौ भनेर कसम नखाएको टिप्पणी गर्दै उनले एमाले माइनस गर्ने नकारात्मक लिस्टमा नभएको उल्लेख गरे । उनले कम्युनिस्ट पार्टीहरुले समाजवादी मोर्चामार्फत गतिविधि गरेको बताए । उनले सबै कम्युनिस्ट पार्टीबीच एकता गर्दा राम्रो हुने उनको धारणा छ ।
अध्यक्ष नेपालले पार्टी एकताबद्ध भएर अगाडि बढेको दाबी गरे । ‘पार्टीको दशौं महाधिवेशन पछि सर्वसम्मत निर्णयबाट पार्टी चलेको छ । पार्टी फुट्ने सम्भावना छैन,’ उनले भने, ‘पार्टीभित्र असन्तुष्टि राख्ने काम मनको कुण्ठाबाहेक केही होइन ।’ उनले केन्द्रीय महाधिवेशनपश्चात प्रदेश तथा जिल्ला अधिवेशनको तयारी गरेको बताए ।
फरक प्रसँगमा अध्यक्ष नेपालले कांग्रेस र एमालेको दुई दलीय व्यवस्थालाई बलियो बनाउन दल बिभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । उनले त्यस्तो अध्यादेश अहिले ल्याउन बाध्यता नभएको दाबी गरे ।
उनले राजनीतिक उतारचढाव आइरहने विषय भएता पनि वर्तमान सत्ता गठबन्धन निरन्तर रुपमा अगाडि बढ्ने बताए । प्रमुख दल कांग्रेस र एमाले मिल्दासम्म वर्तमान सरकार नफेरिने उल्लेख गर्दै उनले कसैले टाउको फोरेर केही नहुने चर्चा गरे । उनले आफ्नो पार्टीको सत्ता लेनदेनसँग मतलब नभएको जनाए । उनले वर्तमान सरकारले राम्रो र देखिने कुनै काम गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष नेपालले सहकारी पीडित तथा बाढी पहिरोबाट प्रभावितका लागि राहात तथा पुनस्र्थापनाको काम गर्न नसकेको बताए । उनले सरकारले संघीय व्यवस्थामा आएको संकटमा सबै दललाई एकाकार गर्न दाबी गरे । सहकारीको पैसा अपचलन गर्नेले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले निर्दोषलाई फसाउन नहुने तथा राज्य पूर्वाग्रही बन्न नहुने चर्चा गरे ।
पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालले आगामी पुसको १९ र २० गते प्रथम गण्डकी प्रदेश सम्मेलन गर्न लागेको जानकारी दिए । कार्यक्रममा समजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल र कास्कीका सचिव भीम थापाले बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया