मुकुन्दशरण र कुशुमाकरलाई पुरस्कार

पोखरा ।
यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकारसमेत रहेका भाषविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिने भएको छ ।
जनस्तरबाट अक्षयकोष बनाएर शुक्ला साहित्य प्रतिष्ठान स्थापना गरेको यो पुरस्कारको राशि ५५ हजार पाँच सय ५५ रुपैयाँ र सम्मानपत्र छ । प्रतिष्ठानले यो वर्षको लोककवि चेतवहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मी प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने निर्णय गरेको छ । प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले यो पुरस्कारको राशि १५ हजार पाँच सय रहेको जानकारी दिए ।
शुक्ला सहित्य पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा रविलाल अधिकारी, सरुभक्त श्रेष्ठ, वात्स्यायन, चेतमानसिंह भण्डारी, जीवन शर्मा, हरिदेवी कोइराला, हंसपुरे सुवेदी, चूडामणि बन्धु र प्राडा जगमान गुरुङलाई सम्मानित भइसकेका छन् । लोक साहित्य पुरस्कार भने यसअघि तीर्थ तामाङ, लोकनाथ पोखरेल र रामप्रसाद पौडेलले पाउएका थिए ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया