एलआइसी लेखनाथको रक्तदान

लेखनाथ ।
पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै पेशागत बिमा अभिकर्ता संघ एलआइसी नेपाल शाखा समिति लेखनाथको आयोजनामा भएको आकस्मिक रत्तदानमा २७ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आग्रह भएको रक्तदान पहिलो रक्तदाता एलआइसी नेपालका एजेन्सी म्यानेजर बिमल भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सुरुआत गरे ।
कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले बिमामा काम गर्ने अभिकर्ताले बिमा गराउनका लागि बिमितको घर घरमा पुग्नेमात्र होइन, सामाजिक उत्तरदयित्वको पनि काम गर्नुपर्नेमा जोड दिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल एलआइसी नेपाल शाखा समिति लेखनाथका अध्यक्ष सुन्दर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सरुवा रोग तथा संक्रामक अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी(राजु), पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर गुरुङ, केन्द्रीय सदस्य रेखादेवी पोखरेल, पेशागत बिमा अभिकर्ता संघ गण्डकी प्रदेश अध्यक्ष नवराज दुरा, एजेन्सी म्यानेजर गोविन्द खड्का, पेशागत बिमा अभिकर्ता संघ एलआइसी नेपाल शाखा समिति पोखरा अध्यक्ष रञ्जना भण्डारी, लेखनाथ शाखाका संस्थापक अध्यक्ष भीमपाणि बराल र उपाध्यक्ष प्रतीक्षा रानाभाट लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया