सफलता कृषिमा ताराको नेतृत्व

पोखरा ।
पोखरा ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित भएकी छन् । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनबाट उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सिना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए ।
कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् । लेखा समिति संयोजकमा सुजिता ढकाल बराल, सदस्यमा सुनिता पौडेल र ऋण संयोजकमा विजया बराल चुनिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीले कृषि उत्पादनको काम अगडि बढाउने हो भने व्यक्तिगत र संस्थागत रुपमा साथ सहयोग रहने आश्वासन दिए । उनलेसहकारीका ७ सिद्धान्तबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिँदै आफ्ना वडा भित्रका कृषकलाई संरक्षण प्रर्वद्वन गर्न वडा कार्यालय तयार रहेको जनाए ।
सहकारीकी संस्थापक अध्यक्ष दुर्गा अधिकारीले संस्थाले उद्देश्य अनुरुप काम गर्दै उत्पादनको क्षेत्रमा सोचे जस्तो काम गर्न नसकेको स्वीकार्दै सहकारीले आलु, अदुवा, वेसार उत्पादन गर्न सुरु गर्ने तयारी गरेको बताइन् । महिला उद्यमशीलताको विकासका लागि सहकारीले विभिन्न किसिमका कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ ।
संस्थाकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा अन्नपूर्ण ट्रेडिङका प्रमुख डा मेखबहादुर खत्री, महिला क्लब पोखराका अध्यक्ष मीना आचार्य, क्रियाशील महिला विकास कृषि सहकारीका अध्यक्ष मनमाया बराल, लेखा समिति संयोजक नारायणी बराल, उपाध्यक्ष तारा ढकाल, सचिव प्रमिला बराल, सदस्य लक्ष्मी तिल्मिसिना अधिकारी लगायतले बोलेका थिए ।
सो अवसरमा ज्येष्ठ नागरिक आमा भागीरथि बराल, उत्कृष्ट बचतकर्ता विष्णु पौडेल, उत्कृष्ट कारोबारी देवकुमारी (अम्बिका) तिवारीलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया