भरतपोखरीमा देउसीभैलो स्पर्धा हुने

पोखरा ।
भरतपोखरी विकास मञ्चको आयोजनामा तिहारको अवसरमा कात्तिक १५ गते खुला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ । परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए ।
मञ्चले यस पटक सातौं संस्करणको प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगितामा देउसीभैलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।
देउसीभैलो प्रतियोगितामा सहभागिताका लागि १ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । एकल नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष बरालले जानकारी दिए ।
कार्यक्रमकै अवसरमा कला साहित्य लगायतका क्षेत्रमा संलग्न व्यक्तित्व सम्मान गर्ने तयारीसमेत छ । कार्यक्रम गर्न करिब दुई लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया